‘कर्णालीलाई प्रविधिमा आत्मनिर्भर बनाउने दृष्टिकोणबाट सोचौं’



—कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय र आइसिटी फाउण्डेशनको संयुक्त आयोजनामा आयोजित यस डिजिटल कर्णाली कन्लेक्भमा उपस्थित हुनु भएका सम्पूर्ण महानुभावहरुलाई प्रदेश सरकारको तर्फबाट हार्दिक स्वागत तथा अभिवादन व्यक्त गर्दछु ।

—दोश्रो संस्करणको रुपमा आयोजित यस कन्क्लेभको आयोजना गर्न मेहनत साथ खटिनुहुने आइसिटी फाउण्डेशन, मन्त्रालय परिवार एवम् यसमा संलग्न सम्पूर्ण महानुभावहरुलाई धन्यवाद दिदै यो कन्क्लेभको पूर्ण सफलताको कामना गर्दछु ।

—अक्सर भनिन्छ,‘यो सूचना प्रविधिको युग हो ।’ सत्य त के हो भने हरेक युग सूचना प्रविधिकै युग थियो,हो र रहन्छ । मेरो विचारमा अहिले सूचना प्रविधिको स्वरुप बदलिएको हो,यसको महत्वमा ह्रास आएको हैन ।

— हिजो पनि जो सूचना र प्रविधिले बलियो थियो,संसार उसकै हातमा थियो । आधुनिक इतिहास हेर्दा पनि जोसँग सूचना र प्रविधि छ, ऊ नै महान बनेको इतिहास रहेको बिर्सन सकिँदैन ।

—बेलायतले संसारभर कब्जा जमाउँदा उसको प्रमुख अस्त्र सूचना र प्रविधि नै थियो । सूचना र प्रविधिकै कारण अहिले अमेरिका विश्वशक्तिको रुपमा स्थापित भएको हो । हाम्रै छिमेकीहरु भारत र चीन पनि सूचना प्रविधिको विकासबाटै शक्तिराष्ट्र बनेका हुन् । अतः सूचनाको शक्ति कहिल्यै कम थिएन । ् हरेक युग सूचना तथा प्रविधिको युग थियो ।

—सूचना र प्रविधि हिजोको जस्तो आज पक्कै छैन । यो हरेक क्षण बदलिरहेको छ । अहिलेको युग भनेको डिजिटल प्रविधि र सूचनाको युग हो । मान्छेको हातमा कुरा गर्न मिल्ने मोवाइल मात्रै छैन, सिंगो संसारका गतिविधि नियाल्न मिल्ने सुविधा छ । अहिले मान्छेले मोवाइलबाटै संसार चियाउन सक्छ, जनमत बनाउन सक्छ, भएका कुरा भत्काउन सक्छ ।सूचना प्रविधि अहिले जीवनको महत्वपूर्ण र अपरिहार्य साधन बनेको छ । यसको उपयोगबिना नै अपूर्ण हुने अवस्था आएको छ ।

—सूचना प्रविधिको उपयोग सार्वजनिक निकाय, निजी व्यवसायदेखि सर्वसाधारणसम्म व्यापक रूपमा हुन थालेको छ । इन्टरनेटको सहज पहुँचसँगै आम नागरिकको जीवनशैलीमा पनि यसको प्रभाव बढ्दै गएको छ । चाहे त्यो सार्वजनिक निकायमा होस या व्यक्तिगत जीवनको क्षेत्रमा । आधुनिक मोबाइल फोन, ल्यापटपलगायतका उपकरणहरूको विकास तथा बढ्दो प्रयोगले डिजिटलाइजेसनको यात्रा तीव्र बन्न पुगेको छ ।

— सूचना प्रविधिको विकास र प्रयोगमा देखिएको भू–मण्डलीकरणको प्रभावबाट हामी पनि अछुतो छैर्नाैँ । जतिसुकै चुनौती भएपनि हामी डिजिटलाइजेशनको यात्रामा बिस्तारै फड्को मार्ने क्रममा र्छौँ ।

—हामीले स्वीकार्नैपर्छ कर्णालीको लागि डिजिटलीकरणको यात्रा अवश्यसहज छैन। पर्याप्त बिजुली, इन्टरनेट तथा पूर्वाधारको अभावमा हामीले चाहेर पनि यस क्षेत्रमा अपेक्षित उपलब्धीहरु हासिल गर्न सकेका छैनौँ । तर हाम्रो जस्तो भौगोलिक बनाबट भएको प्रदेशमा डिजिटल प्रविधिको महत्व अन्यत्रभन्दा बढी छ । कठिन मार्ग हुँदाहुदै पनि हामीले यसबारे प्रशस्त बिचार, बहस र छलफल चलाउनु सान्र्दभिक नै हुने मैले ठान्दछु ।

— डिजिटल कर्णाली कन्क्लेभको यो संस्करणमा क्षेत्रगत रुपमा डिजिटलाइजेशनका विषयमा हुने विज्ञहरुसहितको बहस, छलफल तथा प्रस्तुतिले प्रदेश सरकारलाई सूचना प्रविधिको क्षेत्रमा आगामी मार्ग कोर्न मद्दत गर्ने मैले विश्वास लिएकोछु ।

— कन्क्लेभमा आजै भएका विभिन्न प्रस्तुतिहरुमा कर्णालीमा डिजिटलाइजेशनका चुनौतीहरुबारे सान्र्दभिक विषयहरु उठिरहेका छन । डिजिटलाइजेशनको पहिलो शर्तको रुपमा पूर्वाधार हो । कर्णालीमा ब्रडब्यान्ड इन्टरनेट, मोबाइल टावर, नियमित बिजुली अझै धेरै स्थानमा कमजोर अवस्थामा छ । त्यस्तै हाम्रो ठूलो जनसंख्या अझै डिजिटल प्रविधिको प्रयोग र सम्भावनाबाट अनभिज्ञ छ अर्थात. डिजिटल साक्षरताको अभाव छ । सूचना प्रविधिको क्षेत्रमाजनशक्ति र पूर्वाधारको अभाव, प्रदेश र स्थानीय तहहरूको प्रमुख चुनौतीको रूपमा देखिएका छन् । संघ, प्रदेश र स्थानीय सरकारका सबै तहमा सूचना प्रविधिका आधारभूत पूर्वाधार पुगिसकेका छन् । तर, सबै जनतासम्म यसको गुणस्तरीय पहुँच अझै पनि पुग्न सकेको छैन । यही कारणले धनी र गरिबबीचको खाडल अर्थात् डिजिटल डिजाइडको अवस्थाबाट गुज्रिरहेको छ ।

— संघीय सरकारले सन् २०१९ मा डिजिटल नेपाल फ्रेमवर्क घोषणा गरी लागू गरेको छ। विगतदेखी नै कर्णाली प्रदेशलाई डिजिटल प्रदेशको रुपान्तरण गर्ने जमर्को गरिएपनि यसले अपेक्षित सार्थकता पाउन सकेको छैन । पूर्वाधार, चेतना र जनशक्ति तथा श्रोतको सिमताबीच जे जति प्रयासहरु भएका छन त्यसले विस्तारै सकारात्मक प्रभाव बढदै गएको मैले महशुस गरेकोछु । दोश्रो डिजिटल कर्णाली कन्लेक्भले सूचना प्रविधिको विषयमा हाम्रा सम्भावित क्षेत्रहरुलाई डिजिटलाइजेशन गर्न थप उन्मुख र प्रेरणा प्रदान गर्ने छ भन्ने मैले विश्वास लिएको छु ।

—कर्णाली प्रदेश, जुन प्रकृतिको अनुपम उपहारले भरिपूर्ण छ । यो प्रदेश इतिहास, संस्कृति र मौलिक जीवनशैलीको धरोहर पनि हो। यद्यपि, यस प्रदेशले लामो समयदेखि विकासका धेरै सूचकहरूमा पछाडि परेको पीडा बोकिरहेको छ। कर्णालीको इतिहास, संस्कृति र मौलिक जीवनको संरक्षण गर्दे कर्णालीलाई विश्व सामु चिनाउन र इतिहासको जर्गेर्ना गर्न पनि सूचना प्रविधिको सान्र्दभिकताले थप महत्व राख्ने मैले महशुस गरेको छु । आज हामी यस विविधताबीचको एकताको प्रतिनिधित्व गर्दै डिजिटल माध्यममार्फत विकासको नयाँ युग प्रवेश गर्न लागेका छौं।डिजिटल प्रविधिको प्रयोगले कर्णालीको सम्भावनाहरू अकल्पनीय ढंगले उजागर गर्न सक्छ।

—डिजिटल कन्क्लेभ जस्ता प्लेटफर्महरूले नवप्रवर्तन, सूचना प्रवाह, प्रविधिको पहुँच र स्थानीय समाधानको सम्भावनालाई उजागर गर्ने अवसर सिर्जना गर्दछन्। कर्णालीका युवाहरूको प्रतिभा, जाँगर र नयाँ सोचको उपयोग आजको आवश्यकता हो, र यो कन्क्लेभले त्यसतर्फको बाटो पहिल्याउने छ भन्ने मलाई लागेको छ ।

— हाम्रा दैनिक जीवनका कामहरुसमेत डिजिटल प्रविधिद्वारा निर्देशित भइरहेका छन । कृत्रिम बुद्धिमत्ता (एआई) का कारण अबको प्रबिधिको भविष्यबारे सहजै अनुमान लगाउन सकिने अवस्था छैन । बिग डाटा, ब्लकचेन, इन्टरनेट अफ थिंग्स (क्ष्ण्त्), साइबर सुरक्षा, क्लाउड कम्प्युटिङजस्ता प्रविधिहरूले हामीलाई केवल उपभोक्ता बन्न होइन, स्रष्टा बन्न पनि उत्प्रेरित गरिरहेका छन्।

— कर्णाली प्रदेश सरकारले यो परिवर्तनलाई आत्मसात् गर्दै “डिजिटल कर्णाली“ अभियानलाई प्राथमिकतामा राखेको छ। अबको प्राथमिकता डिजिटल पूर्वाधार विस्तार, इन्टरनेट पहुँच, सूचनाको हकको प्रवद्र्धन, डिजिटल शिक्षा प्रणाली र ई–गभर्नेन्समार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउने कामहरु हाम्रो लागि महत्वपूर्ण विषयहरु हुन ।

— कर्णाली प्रदेशका विद्यालयहरूलाई नमुनाको रुपमा विकास गर्दे डिजिटल शिक्षाको कार्यक्रमहरु सुरु हुने क्रममा रहेको छ । कृषि , पर्यटन, स्वास्थ्य र पूर्वाधार जस्ता क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग र विस्तारमा हामी संभावनाहरुको खोजी गरिरहेका छौँ । यो कन्क्लेभमा सहभागी विज्ञ, सूचना प्रविधिमा कार्यरत जनशक्ति तथा सरोकारवालालाई प्रदेश सरकारको तर्फबाट म आव्हान गर्न चाहन्छु प्रदेश सरकारको साधन श्रोतले गर्न सक्ने कर्णाली सुहाँउदो सूचना प्रविधिका क्षेत्रहरुमा तपाईहरु आउनुहोस । हामी मिलेर मिलेर काम गर्न तयार छौँ ।

— डिजिटल पूर्वाधार, डिजिटल शिक्षा र डिजिटल पहुँच बिनाको समावेशी विकास कल्पना गर्न नसकिने यथार्थ बनिसकेको छ । तर यो सबै पहललाई सफल बनाउन निजी क्षेत्र, शिक्षण संस्था, प्रविधि विशेषज्ञ तथा नागरिक समाजसँगको सहकार्य अपरिहार्य छ। कर्णाली डिजिटल कन्क्लेभ यस्तो सहकार्यको प्रतीक हो, जहाँ विविध क्षेत्रका विज्ञहरू एकै ठाउँमा भेला भई साझा उद्देश्यका लागि सोच विचार, छलफल र कार्यनीति तय गर्दै हुनुहुन्छ।म यो अवसरमा सबै सहभागीहरूलाई आग्रह गर्न चाहन्छु—कर्णालीलाई प्रविधिमा आत्मनिर्भर बनाउने दृष्टिकोणबाट सोचौं र डिजिटल प्रविधिको विकास केवल सेवा उपभोग होइन, स्वरोजगार, उद्यमशीलता र नवप्रवर्तनको माध्यम बन्नुपर्दछ भन्ने भावका साथ अभियान थालौँ । प्रदेश सरकारका् यस्तो अभियान सदैब साथ र समर्थन रहने भन्ने म यहाँहरुमा विश्वास दिलाउन चाहन्छु ।

— अन्त्यमा…
डिजिटल प्रविधि कुनै सपनामा सीमित रहने कुरा होइन। यो हाम्रो पुस्ताको आवश्यकता हो र आगामी पुस्ताको अधिकार पनि हो। हामीले आज लिएको यो पहलले भोलिको समृद्ध, सक्षम, र प्रविधियुक्त कर्णाली निर्माणमा माइलस्टोन खडा गर्नेछ।यस कन्क्लेभमार्फत नीति निर्माणकर्ताहरू, प्राविधिक विज्ञहरू, उद्यमीहरू, र युवा आवाजबीच विचार विमर्श हुनेछ—र यिनै विचारहरूले डिजिटल कर्णालीको दिशा तय गर्नेछ भन्ने अपेक्षासहित पुन ः यस कन्क्लेभको आयोजना गर्न सक्रियता साथ लाग्ने आइसिटी फाउण्डेशन, आन्तरिक मामिला तथा कानून मन्त्रालय परिवार र यसमा सबद्ध सम्पूर्ण महानुभावहरुलाई धन्यवाद दिदै यो कन्क्लेभको पूर्ण सफलताको कामना गर्दछु ।

धन्यवाद ।

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले मंगलबारदेखि वीरेन्द्रनगरमा सुरु भएको ‘डिजिटल कर्णाली’ कन्क्लेभमा राखेको मन्तव्य जस्ताको त्यस्तै

 

प्रकाशित मिति : २०८२ वैशाख ९ गते मंगलबार