
सुर्खेत । बास नेपाल कर्णाली प्रदेश शाखाले राजधानी वीरेन्द्रनगरको अमरज्योती माध्यामिक विद्यालयमा भ्रष्टाचार विरुद्ध विद्यार्थी जागरण अभियान चलाएको छ ।
विद्यालयका एक सयभन्दा बढी विद्यार्थीहरुको सहभागीतामा उक्त कार्यक्रम गरिएको थियो ।
बास नेपालका कर्णाली प्रदेश अध्यक्ष धीरेन्द्रकुमार शाही, सुर्खेत शाखा प्रमुख अम्मर शाही, भगवती विसी, रामबहादुर बटाला लगायत बास नेपालका प्रतिनिधिहरुले भ्रष्टाचारका विरुद्धमा विद्यार्थीहरुलाई प्रशिक्षण दिए ।
भ्रष्टाचार जस्तो गम्भीर अपराधका बारेमा विद्यार्थीहरु पनि जानकार हुन र समाजमा यस्ता घटनाहरूलाई खबरदारी गर्न सकुन भन्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको प्रदेश अध्यक्ष शाहीले बताए ।
यो अभियान प्रदेशका अन्य विद्यालयहरुमा पनि गरिन उनको भनाइ छ ।
‘अबको एक वर्षभित्र प्रदेशका अधिकांश विद्यालयहरुमा यो कार्यक्रम गरिनेछ,’ शाहीले भने, ‘देशको प्रमुख समस्याको रुपमा भ्रष्टाचार छ ।’









प्रतिक्रिया दिनुहोस्