देवकी तिमल्सिना, जसले बुनेकी छन् सर्केगाडलाई उचाइमा पुर्‍याउने सपना



देवकी तिमल्सिना ‘समीक्षा’ नेकपा (माओवादी केन्द्र)को तर्फबाट हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा उम्मेदवार छन् ।

माओवादीले थालेको सशस्त्र युद्धकै बेला रेडियो गणतन्त्र (माओवादीधार) बाट गणतन्त्र हुँदै समाजवादका समाचारहरु सुनाउने समीक्षा साहित्यकार, लेखक तथा ग्रामीण समाजको गहिरो अध्ययन गरेकी महिला नेतृ हुन् ।

सर्केगाड गाउँपालिका –८, रादेउ निवासी देवकी लेखन, साहित्य र समाजसेवाका रुची राख्छिन्, सानैदेखि ।

 

विभिन्न संघ, संस्थाहरुको विभिन्न पदमा रहेर अनुभव बटुलेकी देवकी आफ्नै ठाउँको विकास र समृद्धिका लागि उम्मेदवार बनेर यतिबेला सर्केगाडका जनतासँग घरदैलो अभियान गरिरहेकी छन् । उनले पोलिटिकल साइन्समा एमए गरेकी छन् ।

अहिले माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी सदस्य रहेकी उनी मुख्यमन्त्री रोजगार कार्यक्रम कर्णाली प्रदेशको राष्ट्रिय सल्लाहकार समेत रहेर कर्णालीको समाज र यहाँको आवश्यकताबारे जानकार छिन् ।

कर्णाली साहित्य समाजको उपाध्यक्ष समेत भइसकेकी उनी पुर्व पत्रकार हुन्, उनले रेडियो गणतन्त्र नेपालमा २०६० देखि ०६३ सम्म काम गरिन् । यस्तै नौलो जनसन्देश दैनिक नेपालगञ्जको संवाददाता, नयाँ कर्णाली मासिक पत्रिकाको कार्यकारी सम्पादक, रेडियो मिरमिरेमा रेडियो पत्रकारका रुपमा काम गरिन् ।

माओवादीको मुखपत्र जनादेश दैनिकमा समेत काम गरिन्, उनले । लैङ्गिक समानत, सामाजिक रुपान्तरणका विभिन्न तालिमहरु लिएर समाजको गहिरो अध्ययन गरिरहेकी छन् ।

 

जसले बुनेकी छन्, सर्केगाडलाई उचाइ दिने सपना
यसअघि ०७९ को निर्वाचनमा निर्वाचित भएका गाउँपालिका उपाध्यक्ष चन्द्र सिंह कार्कीको केही समयअघि सडक दुर्घटनाका कारण मृत्यु भयो । उनको निधनपछि यहाँ उपनिर्वाचन हुँदैछ ।

गत निर्वाचनमा ३ हजार २६९ मत पाएर माओवादी केन्द्रका कार्की उपाध्यक्षमा निर्वाचित भएका थिए । अहिले माओवादीबाट उम्मेदवार बनेकी तिमल्सिना उनै चन्द्र सिंह कार्कीका सपनालाई मुर्त रुप दिने र आफुले बटुलेका अनुभवलाई सिरोपर गर्दै सर्केगाडलाई उचाइ दिने सपनासहित उम्मेदवार बनेको बताउँछिन् ।

उनी भन्छिन्, ‘हिजो जनताको व्यवस्था ल्याउने अभियानमा थियौँ, आज नागरिकको अवस्था बदल्ने अभियानमा छौँ ।’

उनको चुनावी प्रतिबद्धता

हुम्ला जिल्लामा भर्खरै मात्र कर्नाली करिडोरको सडक जोडिएको छ । यसको स्तरोन्नतिका लागि पहल गर्नै पर्ने छ । सबै वडासँग जोड्ने सडकहरु निर्माण हुँदैछन् ।

यी काम पुरा गर्नु पर्नेछ ।सूचना प्रविधिका कारण विश्व गाउँ बनेको छ । यसमा विकास गर्नुपर्ने छ । पर्यटनलाई केन्द्रमा राखी “सबैको गन्तव्य हुम्ला र हुम्लाको गन्तव्य सर्केगाड’’ बनाउनुपर्ने छ । औषधिजन्य कृषि उत्पादन बढाउन खेतीयोग्य भूमिमा सिँचाइको व्यवस्था गर्नुपर्ने छ । सबै गाउँमा स्वच्छ खानेपानीको व्यवस्था गर्नु पर्ने छ ।

सामाजिक विकासका लागि शिक्षा¸ स्वास्थ्यमा जोड दिनुपर्नेछ। शैक्षिक गुणस्तरयुक्त जनशक्तिको विकास गर्न शिक्षामा र आयु बढाउन स्वास्थ्यमा लगानी गर्नुपर्नेछ।

अन्तर्राष्ट्रिय ख्याती कमाउन हाइ अल्टिच्युट खेलको विकास गर्नुपर्नेछ। रोजगार बढाउन प्राविधिक जनशक्तिको विकासमा लाग्नुपर्नेछ। अन्य आय आर्जनका लागि उद्योगका क्षेत्रहरु बढाउन र लगानी भित्र्याउन मिहेनत गर्नुपर्नेछ।

दलित, महिला, जनजाति, उत्पीडित वर्ग र क्षेत्रको विद्यमान अवस्थामा सुधार ल्याउनु पर्नेछ। उल्लेखित कुरामा सक्रीय पहलकदमी लिन आवश्यक हुन्छ। यसैलेहाम्रो पार्टीको तर्फबाट मेरो उम्मेदवारी परेको जानकारी गराउँदछु।

सर्केगाडको विकास र समृद्धिका लागि के कति गर्न सक्छु ? भोलिका दिनहरुले बताउने छन्। अहिले गर्नपर्ने कामका लागि हर तरहले लाग्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु। हरेक गाउँ बस्तीका जे–जस्ता माग छन् तिनलाई नोट गरेरआवश्यकता र प्राथमिकताका आधारमा पुरा गर्ने प्रतिबद्धता जाहेर गर्दछु।

हाम्रोन्यायधिश तपाईहरु हुनुहुन्छ।छोटो अवधि छ। यसैले आगामी मंसिर १६गते हुने उप–निर्वाचनमा तपाईहरुबाट अमुल्य मतकोअपेक्षा गरेको छु। मेरो पुरै समय, सपना र ऊर्जालाई प्रयोग गरी सर्केगाड गाउँपालिकामा सेवा गर्ने मौका दिनुहुनेछ भन्ने आशा गरेको छु।

यही उदघोषका साथ सर्केगाडगाउँपालिकाभित्रपर्ने तुम्च, जैर, छिरी न्हात्ता, उनापानी, लेख, रिप, घिउसी, तल्लो छ्यागी, हपल्लो छ्यागी, बराई, डाँडा साँया, गैह्री साँया, दुल्ली, मुन्डी, सर्केगाड, गोठी, नायकवाडा, कुती, भुवा, कल्लाँस, कार्कीबाडा, माझबाडा, रोडिकोट, पानीमुल, भीमनगर, फुचा र रादेउगाउँका आदाणीयजनसमुदायको न्यायो माया पाउने आशा र विश्वासका साथ तपाई जनन्यायधिशहरुलाई दश औला जोडी गोलाकार भित्रको हसियाहथौडामा मतदान गर्न अनुरोध गर्दछु।

सर्केगाडका जनसमुदायको बीचमा हाम्रो पार्टी र यसअघि निर्वाचित उपाध्यक्ष चन्द्रसिंह कार्की (मुक्ति)को अधुरा सपना पुरा गर्नुपर्ने छ। यसका लागि नेपालको १६ औ‌ राष्ट्रिय योजना, कर्नाली प्रदेशको दोस्रो योजना र सर्केगाडको प्रथम योजनामा टेकेर सर्केगाड गाउँपालिकाको विकास र समृद्धिका खाका अगाडि बढाउने प्रतिबद्धता जाहेर गर्दछु ।

पार्टीको तर्फबाट चुनावअघि संकल्पका रुपमा र चुनावपछि योजना तर्जुमा र कार्यान्वयन प्रक्रियामा लिइने विषयबस्तु यसप्रकार छन्–

१.सडक पूर्वाधार विकासमा कर्नाली करिडोरकोखुलेकोट्रयाकमा यस वर्ष पिलुदेखि तुम्चसम्म र अर्को वर्ष तुम्चदेखि सिमकोटसम्म स्तरोन्नतिका लागि पहल गरिने छ।

२. कवाडी–ताँजाकोट–अदानचुलीहुँदै आएको सडकलाई सर्केगाडको रिपसम्म पुर्याइने छ।यसका लागि गुसा जाने सडकको निर्माणलाई तीव्रता दिइनेछ।

३. सर्केगाड–मारघोर–खार्पुनाथ–सिमकोट सडकको ट्रयाक खोल्ने कार्यलाई तीव्रता दिन लगाइने छ।

४. ह्याप्स्या–फुचा–पंखा सडक¸ तुम्च–जैर सडक¸ सर्केगाड–बराइ–छ्यागी–घिउसी सडकको ट्याक खोली सञ्चालनमा ल्याइनलगाइने छ।स्थानीय जनसमुदाय, निर्माण कम्पनी र प्रशासनिक क्षेत्रमा रहेको अवरोधलाई सहजीकरण गरिनेछ।

५. सल्लीसल्ला¸सर्केगाड र उनापानी र रिप गाउँ जोड्ने सडक पुल बनाइनपहल गरिने छ।

६. राष्ट्रिय प्रशारण लाइनविस्तारका लागि संघीय सरकारसँग पहल गरिने छ ।

७. हुम्ला कर्नाली–१ को सर्केगाड र चंखेली २३५ मेगावाट¸ हुम्ला कर्नाली कासकाडे ९१६ मेगावाटको बारेमा पैरवी गरिने छ।चालु साना जलविद्युत आयोजनाहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्न र ऊर्जा खपत बढाउने योजना बनाइनेछ।

८. माइक्रो वेव रेडियो ट्रान्समिसनबाट मात्र हुम्ला जोडिएको हुम्लासम्म फाइवर विच्छ्याउन पहल गरिनेछ।फोरजी टावर यथासिघ्र सञ्चालनमा ल्याउन लगाइनेछ।

९. उत्पादन बढाउनतुम्च र रोडिकोट शेराको जिउलामा सिँचाइको व्यवस्था गरिनेछ ।बराइदेखि साँयासम्म, कल्लाँसदेखि गोठीसम्मर छिडी न्हात्तामा लिफ्ट सिँचाइको संभाव्यता अध्ययनगर्न लगाइने छ ।

१०. उनापानी गुसाको उत्पादनलाई “मेड इन सर्केगाड” को नामबाट ब्रान्डिङ गर्न लगाइनेछ।

११. यहाँको आयु बढाउन सफा चुल्हो र चर्पी तथा स्वच्छ खानेपानीमा सुधार ल्याउन विशेष पहल गरिनेछ। साथै, हरेक गाउँमा लिस्नो सुधारमा जोड दिइनेछ।

१२. एकीकृत बस्ती विकासका लागि थप अध्ययनगर्न पहल गराइने छ।सर्केगाडको बजारलाई व्यवस्थित गर्न प्लानिङ गराइनेछ।

१३. बालबालिकालाई लगानी,युवालाई रोजगारी र ज्येष्ठ नागरिकलाई सम्मान र सुरक्षाका लागिविशेष पहल गरिनेछ।

१४. यहाँको गरिवी निवरणका लागि अनिवार्य न्युनतम् आय आर्जन कार्यक्रमसञ्चालन गरिनेछ।

१६. सर्केगाडलाई शैक्षिक हव बनाउन हिमज्योति नमुना माध्यमिक विद्यालयलाई प्रविधिमैत्री बनाइने छ। हिमज्योति बहुमुखी क्याम्पसको भौतिक पूर्वाधार विकास गर्नुका साथै नियमित कक्षा सञ्चालन गर्ने वातावरण बनाइने छ।

१७. कोट माध्यमिक विद्यालय रोडिकोटलाई सिमालीमाआवासीय विद्यालयका रुपमा सञ्चालन गर्नथप व्यवस्थापन गरिनेछ।यसका साथै यथासिघ्र स्थानीय पाठ्यक्रमको पठन पाठन गर्ने व्यवस्था मिलाइने छ।

१८. शिक्षित युवाहरुलाई निजामती सेवामा प्रवेश गरुन् भन्ने हेतुलेलोक सेवा पढ्ने व्यवस्था मिलाइने छ।व्यवसायिक शिक्षा मार्फत रोजगारीका शाखाहरु बढाउन पहल गरिनेछ।

१९. निर्माणाधिन१५ शैयाको अस्पताल सुचारु गराउनपहल गरिनेछ।

२०. उच्च पर्वतीय खेलको विकास गर्न स्थानीय खेल जीवनको ब्रान्डिङ गरिने छ।

२१. शहीद परिवार¸ महिला¸ दलित¸ आदिवासी जनजाति¸ अपांगताभएका व्यक्ति लगायत समाजमा पछि परेका वर्ग¸ क्षेत्र र समुदायको हक हित र सामाजिक सुरक्षाका लागि विशेष पहल गरिनेछ।

२२. मानवअधिकारको रक्षा¸ भ्रष्टाचारको नियन्त्रण¸ शान्ति सुरक्षा र सुशासनका लागि जोड दिइनेछ।

२३.भू विशेषता हेरी अर्गानिक कृषि उत्पादन गरी त्यसको व्यवसायीकरणगर्न निजी क्षेत्रसँग सहकार्य गरेर सर्केगाडमा खाद्य बैकको स्थापना गरिनेछ।

२४. युवालाई रोजगारी दिन कृषिजन्य¸ पर्यटनजन्य¸ वनजन्य¸ खानीजन्य र पानीजन्य उद्योगको पहिचान र परिचालन गरिनेछ।

२५.मेथा, मालिका, गुसा, मालुवाछरा, तल्छरीझरना, नाप्ल्याथाप्ल्या, भुव्र्या लाग्ना, पोग्री पाटन, बाइथला, छिन्ट्या ढुङ्गा, शेरी भिट्टाको गुफा, थुम, दुधेदहर सबै गाउँका बाह्रदेउ चौतारालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरिनेछ।

२६. वडागत रुपमा स्थानीय पहिचानका आयोजनानिर्माणमा जोड दिइनेछ ।

२७. दशरा, साउनपुनी, गौरा, भूवो, भैलो र हरेलो लगायतका साँस्कृतिक पर्वहरुलाई पालिका विशेष चाडको रुपमा स्थापित गरिने छ।

२८. सर्केगाड गाउँपालिकालाई जिल्लाको अर्को मिलन केन्द्रको रुपमा स्थापित गर्ने प्रयास गरिने छ।

याे पनि..

कर्णालीमा उपनिर्वाचनः ८ पदका लागि ४४ जनाको उम्मेदवारी

प्रकाशित मिति : २०८१ मंसिर १३ गते बिहीबार