नेको इन्स्योरेन्स सुर्खेतद्वारा ३० औं वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग



सुर्खेत,।नेको इन्स्योरेन्स लिमिटेड सुर्खेत शाखाले आफ्नो ३० औं वार्षिकोत्सवको अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सामग्री सहयोग गरेको छ।
​शुक्रबार वीरेन्द्रनगर-०३ स्थित प्रशान्ति वृद्धाश्रममा नै पुगेर नेको इन्स्योरेन्सका कर्णाली प्रदेश प्रमुख रमेशराज शर्मा, सुर्खेत शाखा प्रमुख जगत प्रसाद शर्मा लगायतको उपस्थितिमा दाल, चामल लगायतका

आवश्यक खाद्यान्न सामग्री हस्तान्तरण गरिएको हो।

​सहयोग कार्यक्रममा बोल्दै प्रदेश प्रमुख रमेशराज शर्माले वृद्ध बुवा-आमाहरूलाई सहयोग गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै भन्नुभयो, “यो पवित्र कार्यमा सहभागी हुन पाउँदा हामीले संस्थागत रूपमा ठूलो आशिर्वाद पाएको महसुस गरेका छौँ।”

​यस्तै, वृद्धाश्रमका तर्फबाट महासचिव चेत बहादुर अधिकारी र उपाध्यक्ष शीतल सिंह राठौरले नेको इन्स्योरेन्स परिवारलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँहरूले विभिन्न संघ-संस्थाहरूको यस्तै निस्वार्थ सहयोगले नै वृद्धाश्रम सञ्चालनमा थप हौसला र उर्जा मिलेको बताउनुभयो

प्रकाशित मिति : २०८३ जेठ २९ गते शुक्रबार