कालिकोटमा फोर्स गाडी दुर्घटना, ७ जना घाइते



कालिकोटमा फोर्स गाडी दुर्घटनामा परेको छ । जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा सात जना घाइते भएको छन् ।

कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको खाँडाचक्र–१०, गोलुवा भन्ने स्थानमा शुक्रबार विहान दुर्घटना हुँदा सातजना यात्रु घाइते भएका हुन् ।

बा १ झ ०९७६ नम्बरको फोर्स अनियन्त्रित भई करिब १०० मिटर तल खसेको हो । दुर्घटनामा पाँचजना गम्भीर र दुईजना सामान्य घाइते भएको कालिकोट प्रहरीले जनाएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०८२ साउन २३ गते शुक्रबार