कविता- बुझेर नसकिएका उनीहरू र म।



बुझेर नसकिएका उनीहरू र म।

वेदनाको वेदना बुझ्नु कि?
भावनाको भावना बुझ्नु कि?
कल्पनाको कल्पना बुझ्नु कि?
सिर्जनाको सिर्जना बुझ्नु कि?
रचनाको नयाँ रचना बुझ्नु म?

सकिन वेदना,भावना बुझ्न कल्पना
अनि सकिन सिर्जना र रचना बुझ्न पनि।
साधनाको साधना बुझी सक्नु कि?
प्रेमिकाको प्रेम बुझी सक्नु कि?
ममताको ममता बुझी सक्नु कि?
स्नेहाको स्नेह बुझी सक्नु कि?
योजनाको योजन बुझी सक्नु म ?

शासनले उसै माथी भोगेको शासन देखे
राजकुमार माथी अरुको नै राज देखे
निर्देशनले उसै माथी पाएको निर्देशन देखे
शंकर ले आफै माथी भोगेको शंका देखे
हिक्मतले हारेको हिक्मत पनि देखे मैले।

यसै कारण;
धैर्य गर्न मनबहादुरको मनलाई सम्झाए,
अनि साहसबाट अलिकती साहस मागे
समर्पण समर्पणसंग,विवेकसङ विवेक मागे
यी सारा अनुभव गरेको अनुभवसंग अनुभव लिए
र म किस्मत जस्तो किस्मत बनाउनकै निम्ति
आज सङ्घर्ष जस्तो सङ्घर्ष गरिरहेको छु
बन्नकै लागि सफल जस्तो सफल
अनि पाउनको लागि सफलता।।।

अम्बर खत्री

महाबु , दैलेख

प्रकाशित मिति : २०८२ मंसिर १ गते सोमबार