तरुण दलको दैलेख जिल्ला अध्यक्षमा मिलन विश्वकर्मा



दैलेख । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलले दैलेख अध्यक्ष मनोनीत गरेको छ ।

तरूण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरूङले बुधबार मिलन विश्वकर्मालाई तरूण दल दैलेख अध्यक्षमा मनोनीत गरेको केन्द्रीय सदस्य दीपेन्द्र पोख्रेलले जानकारी दिए ।

विश्वकर्मा पुर्व रेडियोकर्मी हुन् । उनले १२ वर्ष रेडियोकर्मीका रुपमा काम गरेका थिए ।

महावु गाउँपालिका–६, टाकुरी निवासी विश्वकर्मा विगत एक वर्षदेखी सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको केन्द्रीय सचिव समेत छन् ।

साथै उनी दलित अधिकारकर्मीका रुपमा पनि चिनिन्छन् ।

प्रकाशित मिति : २०८१ कात्तिक २९ गते बिहीबार