
पेरिस पारालिम्पिक– २०२४ अन्तर्गत तेक्वान्डोमा सहभागी हुने नेपाली खेलाडी पलेशा गोबर्द्धन र भरतसिंह महताको प्रतिद्वन्द्वी मंगलबार टुंगो लागेको छ।
मंगलबार निकालिएको ‘ड्र’ बाट दुवै खेलाडीको प्रतिद्वन्द्वी टुंगो लागेको प्रशिक्षक कविराज नेगी लामाले पेरिसबाट जानकारी गराए।
पेरिसस्थित ग्रान्ड पेलेसमा अगष्ट २९ तारिखमा भरतले पहिलो चरणमा जापानका मित्सुया तानाकासंग खेल्ने छन्।
उनको स्पर्धा के– ४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनि जम्मा १२ खेलाडी छन्। भरत वाइल्ड कार्ड मार्फत छनोट भएका हुन्।
प्रकाशित मिति : २०८१ भदौ १२ गते बुधबार









प्रतिक्रिया दिनुहोस्