
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अहिले भइरहेको विकासको मोडल बदल्न आवश्यक रहेको बताएका छन् ।
भुकम्प प्रभावित क्षेत्रका प्राविधिकहरुलाई भवन संहिता सम्बन्धी क्षमता अभिबृद्धि कार्यक्रमको बुधबार वीरेन्द्रनगरमा उद्घाटन गर्दे कँडेलले अहिले भइरहेको विकास मोडेल बदल्नुपर्ने बताएका हुन् ।
‘अहिले जथाभावी विकासको मोडल बदल्न नसक्दा विपत्तीको चपेटाबाट मुक्त हुन सकिएन,’ उनले भने, ‘जहाँ देख्यो त्यही माटो खन्ने र जमिन भत्काउने प्रचलन भएको छ ।’
मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेश विपदको उच्च जोखिममा रहेकोले यहाँ बन्ने संरचनाहरु अरु भन्दा जोखिमरहित हुुनुपर्नेमा ध्यान दिन प्राविधिकहरुलाई सुझाव दिए ।
नगर विकास कोषले आयोजना गरेको उक्त कार्यक्रममा गत कार्तिक २२ गते जाजरकोटको केन्द्रविन्दु भएर गएको भुकम्पबाट क्षतिग्रस्त संरचना पुर्ननिर्माणका लागि दुई जिल्लाका ३० जना इज्जिनियरहरु सहभागी रहेको कोषका कार्यकारी निर्देशक विनोद प्रकाश पण्डितले बताए ।









प्रतिक्रिया दिनुहोस्