
सुर्खेत । नेकपा (माओवादी केन्द्र) वीरेन्द्रगर कमिटीको अध्यक्षमा मदन पंगाली निर्वाचित भएका छन् ।
नगरकमिटीको तेस्रो सम्मेलनबाट उनी सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् ।
यस्तै उपाध्यक्षमा झन्कराज काफ्ले, डम्बर बोहोरा, मनमाया थापामगर निर्वाचित भएका छन् ।
सचिवमा हिक्मत प्रसाद आचार्य निर्वाचित भएका छन् ।
यस्तै सह–सचिवमा प्रेम रावत, कोषाध्यक्ष लक्ष्मी सुनार निर्वाचित भएका छन् ।
प्रकाशित मिति : २०८१ पुस ४ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्