वीरेन्द्रनगरबाट लागुऔषध कारोबारी दुई महिला पक्राउ



सुर्खेत । सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट दुई जना लागुऔषध कारोबारी महिलालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज घर भई वीरेन्द्रनगर नगरपालिका–६ बस्ने २९ वर्षीया चन्दा राई र नेपालगञ्ज नै घर भएकी वीरेन्द्रनगर नगरपालिका–१० बस्ने २४ वर्षीया चाँदनी राई रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, प्रहरी नायव उपरीक्षक विरेन्द्रविर विश्वकर्माका अनुसार उनीहरुलाई वीरेन्द्रनगरस्थित रङ्गशाला आसपासबाट पक्राउ गरिएको हो ।

उनीहरुले त्यहाँ लुकिछुपी लागुऔषध कारोबार गरिरहेको गोप्य सुचनाका आधारमा छापा हानेको थियो ।

उनीहरुबाट ९ ग्राम २१० मिलिग्राम लागुऔषध फेला परेको उनले बताए । अहिले उनीहरुमाथि थप अनुसन्धान भइरहेको विश्वकर्माले बताए ।

प्रकाशित मिति : २०८१ पुस ८ गते सोमबार