यस्ता छन् पत्रकार महासंघ सुर्खेतको दोस्रो पुर्ण बैठकले गरेका निर्णयहरु



सुर्खेत । नेपाल पत्रकार महासंघ शाखा सुर्खेतको दोस्रो पुर्ण बैठकले ६ वटा महत्त्वपुर्ण निर्णय गरेको छ ।

बुधबार महासंघको कार्यालयमा शाखा अध्यक्ष सुशीलराज शर्माको अध्यक्षतामा बसेको बैठकले ती निर्णयहरु गरेको हो ।

१. नेपाल पत्रकार महासघ सुर्खेत शाखाको कार्यालय नियमित रूपमा सञ्चालन गर्नका लागि एकजना कार्यालय सहायक नियुक्त गर्ने ।

२. नवनिर्वाचित समितिलाई नेतृत्व विकास सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने ।
३. नेपाल पत्रकार महासंघ सुर्खेत शाखामा पुस्तकालय (ईलाइब्रेरी समेत) स्थापना गर्ने ।

४ पत्रकार महासंघ सुर्खेतमा विभिन्न दाताहरुको सहयोगमा स्थापना गरिएका अक्षय कोषहरुको अध्ययनगरी व्यस्थित रुपमा सञ्चालन गर्नका लागि नेपाल पत्रकार महासघ सुर्खेत शाखाका पूर्व अध्यक्ष, प्रेस स्वतन्त्रता सेनानी पीताम्बर ढकालको संयोजकत्वमा उपाध्यक्ष सुशील खड्का, कोषाध्यक्ष दिपकजंग शाही, कार्यसमिति सदस्यहरु पंखबहादुर शाही र प्रभा रावत सदस्य रहेको पाँच सदस्यीय अधिकार सम्पन्न कार्यदल गठन गरिएको छ ।

५.पत्रकार महासंघ सुर्खेत शाखाको आगामी ३ वर्षे कार्ययोजना निर्माण गर्नका लागि सचिव गोविन्द खत्रीको संयोजकत्वमा सहसचिवद्वय नविन सुवेदी र जगतदल जनाला विक, सदस्यहरु मनिषा गुरुङ्ग र दिनेश बुढा रहेको मस्यौदा समिति गठन गरिएको छ ।
६. नेपाल पत्रकार महासंघ एक अग्रणी नागरिक समाज संस्था भएको हैसियतले नागरिकसँग प्रत्यक्ष जोडिएका सुर्खेत जिल्लाका सार्वजनिक सरोकारका विषयमा सार्वजनिक बहस पैरवी गर्ने निर्णय गरेको छ । (जस्तै सँधै चर्चामा रहेको पश्चिम सुर्खेतको मदन भण्डारी राजमार्ग, कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत् प्रसारण लाइनमा देखिएको विवाद लगायतका विषयहरुमा सम्बन्धित निकायहरुलाई राखेर समाधानमुलक बहस गर्ने)

प्रकाशित मिति : २०८१ पुस १० गते बुधबार