
दैलेख । नेकपा (माओवादी केन्द्र) निकट पत्रकार संगठन प्रेस सेन्टरको दैलेख जिल्ला अध्यक्षमा तीर्थ भण्डारी चयन भएका छन् ।
शनिबार सेन्टरको तेस्रो अधिवेशनले उनको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।
भण्डारी नेपाल पत्रकार महासंघको अघिल्लो कार्यकालमा कोषाध्यक्ष थिए । साथै उनी फोटो पत्रकार संघका कर्णाली प्रदेश समितिका महासचिव तथा उनले आफ्नै अनलाइन समेत सञ्चालन गरिरहेका छन् ।
यस्तै उपाध्यक्षमा सर्वजित थापा, तुलसी कटुवाल, सचिव भीमबहादुर सारु, सहसचिव केशव पौडेल र कोषाध्यक्ष सुनिता सोनीलाई चयन गरिएको छ ।
कार्यसमिति सदस्यहरुमा प्रकाश पुलामी, भरतबहादुर शाही, पूर्णबहादुर बिष्ट, डेमीन थापा, रोशन थापा चयन भएका छन् ।
प्रदेश प्रतिनिधिमा हेमा खड्का, कृष्णप्रसाद शर्मा तथा केन्द्रीय प्रतिनिधि रामकृष्ण कठायतलाई छनोट गरिएको छ ।
प्रकाशित मिति : २०८१ पुस १३ गते शनिबार









प्रतिक्रिया दिनुहोस्