ओलीको गृहजिल्ला झाप पुगेर प्रचण्डले भने—‘केपी देशकै जाली, झेली, कपटी र बेइमानी’



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गम्भीर आरोप लगाएका छन् ।

सोमबार ओलीकै गृहजिल्ला झापा पुगेका प्रचण्डले आयोजित खबरदारी सभालाई सम्बोधनमा क्रममा ओली देशकै ‘जाली, झेली, कपटी र बेइमानी’ व्यक्ति भएको आरोप लगाएका हुन् ।

‘अहिलेका प्रधानमन्त्री देशको जाली, झेली, कपटी, बेइमानी । मेरो लागि त यति धेरै जाली, यति धेरै झेली मान्छे उनको ठाउँमा म बोल्दै छु,’ प्रचण्डले ओलीलाई भने, ‘जालझेल बाहेक उहाँको दिमागमा अरू केही छैन ।’

साथै, उनले बिर्तामोडको गिरिबन्धु टी स्टेटमा ओलीले गरेको बदमासीलाई पर्दाफास गरेरै छाड्ने दाबी गरे ।
सम्बोधनको क्रममा प्रचण्डले आफूलाई अलोकतान्त्रिक र तानाशाही ढंगबाट हटाइएको जिकिर गरे ।

प्रकाशित मिति : २०८१ पुस १५ गते सोमबार