जाजरकोटमा पहिरोले भत्काएको घरमा पुरिएका वडा सदस्य दम्पत्तिको शव निकालियो



 

सुर्खेत । घरमाथिबाट आएको पहिरोले घर भत्काउँदा पुरिएका जाजरकोट बारेकोट गाउँपालिका–६, का वडा सदस्य प्रेम कुमारी चलाउने दम्पत्तिको शव निकालिएको छ ।
प्रहरीका अनुसार गएराती पहिरोले उनीहरुको घर पहिरो आएर पुरेको थियो । जाजरकोट प्रहरीका अनुसार पुरिएका ३८ वर्षीय प्रेम कुमारी र उनका ४० वर्षीय श्रीमान मानबहादुर चलाउनेको शव निकालिएको छ ।
प्रहरी र स्थानीयको सहयोगमा पहिरो पन्छाएर शव निकालिएको हो । धुमामा गाउँ निवासी उनीहरुको एक छोरी घाइते भएकी छिन् । ११ वर्षीय सम्झनालाई हेलिकप्टोरमार्फत उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको छ ।
दम्पत्ति शवको पोष्टमार्टका लागि लिम्सा प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०८१ भदौ २३ गते आइतबार