
प्रिय
पाठकहरु,
हामी इन्फो कर्णाली डटकम अनलाइन डिजिटल पत्रिका ल्याएर तपाईंहरु समक्ष आएका छौँ । जनताका कुराहरु सत्य, तथ्य र निष्पक्ष तरिकाले जनताकै भाषामा लेख्न र प्रकाशित गर्न अनलाइन मिडियाहरुको भीडमा सहभागी हुन पाउँदा हामी अत्यन्त उत्साहित छौँ ।
अहिलेको युगमा अनलाइन माध्यमले क्षेत्रीय सिमाहरु भत्काएर हरेक पाठकलाई समान अवसर दिन्छन् । डिजिटल युगले संसारलाई हाम्रो औंलाको टुप्पोमा ल्याइदिएको छ । र, यसले जानकारीको पहुँचलाई अभूतपूर्व तरिकाले बिस्तार गरिरहेको छ । यसै अवसरलाई सदुपयोग गर्दै हामीले यो अनलाइन सुरु गरेका हौँ ।
बेथिति, विसङ्गतीमाथि हामी सँधै प्रहार गर्ने छौँ, जुन हाम्रो पहिलो प्राथमिकता हो । इन्फो कर्णाली डटकम मार्फत कर्णालीका हरेक क्षेत्रमा घट्ने घटना, समाचार, सडक कथाहरु, सरकारी निकायमा हुने बेथितिमाथि निगरानी गर्नुका साथै राजनीतिक विश्लेषणहरु तपाईंहरु समक्ष हामी पस्कने छौँ ।
कर्णाली सांस्कृतिक र प्राकृतिक सम्पदाले भरिपूर्ण क्षेत्र हो, यो क्षेत्रका नागरिकको सङ्घर्ष, सफलता र समृद्धिका कथालाई उत्खनन् गरिने छ । हामी विविध सामग्रीहरु प्रकाशित गर्ने छौँ—समाचार, विचार, कला र साहित्य, विज्ञान, प्रविधि, स्वास्थ्य र जीवनशैली । हामी तपाईंहरुको रुचिलाई मध्यनजर गर्दै हरेक हप्ता नयाँ र उत्कृष्ट सामग्रीहरु प्रस्तुत गर्ने प्रयत्न गर्ने छौँ ।
तपाईंको प्रतिक्रिया, सुझाव र विचारलाई शिरोपर गर्दै हामी तपाईंहरुलाई स्वागत गर्दछौँ । यस यात्रामा तपाईसँगै रहन पाउँदा हामीलाई गर्व छ । हामी आशा गर्छौ कि तपाईंलाई हाम्रो सामग्री उपयोग र प्रेरणादायक लाग्ने छ ।
तपाईंको सहयोगको अपेक्षासहित आउँदा दिनहरुमा तपाईंहरुसँगै हाम्रा उद्देश्यहरुलाई अगाडि बढाउँदै यस यात्रालाई अझै समृद्ध बनाउँदै लगिने छ ।
विजया दशमीको हार्दिक मंगलमय शुभकामना सहित धन्यवाद..!
अध्यक्ष
धिरेन्द्रकुमार शाही
इन्फो कर्णाली मिडिया प्रालि









प्रतिक्रिया दिनुहोस्