
प्रतिकात्मक तस्वीर
सुर्खेत । माटो खन्ने क्रममा माथिबाट खसेको ढुङ्गाले च्यापेर सुर्खेतमा एक महिलाको मृत्यू भएको छ ।
मृत्यु हुनेमा गुर्भाकोट नगरपालिका–६ बस्ने ३८ वर्षीया ज्योती ओली रहेकी छन् ।
ज्योती बिहीबार बिहान सोही नगरपालिकाको वडा नम्बर ७ मा रहेको सानोठकेनीमा माटो ल्याउन गएकी थिइन् ।
खोलाको छेउमा माटो खन्ने क्रममा माथिबाट खसेको ढुङ्गाले च्यापेर उनको मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८१ असोज १७ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्