पाकिस्तानको आक्रमणले आइपिएल, प्रभावित,खेल नै रद्द



आइपिएल २०२५ अन्तर्गत धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच बिहीबार रातिको खेल सुरक्षा कारणले रद्द गरिएको छ।

भारत-पाकिस्तानबीचको तनावका कारण खेल जारी रहदा रंगशालाको फ्लडलाइट निभाइएको थियो।

त्यतिबेला पहिले ब्याटिङ गरेको पञ्जाबले १०.१ ओभरमा १ विकेटको क्षतिमा १२२ रन बनाएको थियो।

भारत-पाकिस्तानबीचको बढ्दो तनावका कारण सुरक्षा निकायहरूले खेल स्थलमा सम्भावित खतरा देखेका थिए।

प्रकाशित मिति : २०८२ वैशाख २५ गते बिहीबार