युद्ध फेरि सुरु : पाकिस्तानको आक्रमणपछि भारत उच्च सतर्कतामा



पाकिस्तानबीच युद्धविरामको सहमतिलाई तोड्दै पाकिस्तानले आज बिहान जम्मु, श्रीनगर र राजस्थानका सीमावर्ती क्षेत्रमा ड्रोन आक्रमण, विस्फोट र हवाई बमबारी गरेको पुष्टि भएको छ। युद्धविरामको घोषणा भएको केही घण्टामै पाकिस्तानले उल्लंघन गरेपछि भारतले सम्पूर्ण सीमावर्ती क्षेत्रमा उच्च सतर्कता घोषणा गर्दै ब्ल्याकआउट गरेको छ।

भारतीय रक्षा मन्त्रालयका अनुसार आक्रमणमा करिब एक दर्जनभन्दा बढी ड्रोन प्रयोग गरिए, जसले नागरिक क्षेत्रमा विस्फोट गराएका छन्। प्रारम्भिक रिपोर्टअनुसार पाँच जना सर्वसाधारणको मृत्यु र दर्जनौं घाइते भएका छन्।

पाकिस्तानतर्फबाट आक्रमणको कुनै औपचारिक स्वीकारोक्ति आएको छैन। तर भारतीय सुरक्षास्रोतले सीमापारबाट आक्रमण भएको पुष्टि गरेका छन्।

यस घटनापछि प्रधानमन्त्री कार्यालयले आपतकालीन सुरक्षा बैठक बोलाएको छ। अन्तर्राष्ट्रिय समुदायले दुबै पक्षलाई संयम अपनाउन आग्रह गरिरहेका छन्।

प्रकाशित मिति : २०८२ वैशाख २७ गते शनिबार