हुम्लामा बोलेरो जीप दुर्घटना हुँदा दुईको मृत्यू



सुर्खेत । हुम्लामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यू हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० राँझाकी ४९ वर्षीया विष्णु परियार र हुम्लाको चंखेली गाउँपालिका–६ का ५ वर्षीय अभिषेक बुढा रहेका छन् ।

अभिषेक मामा घर दशैं मान्न नेपालगञ्ज जान लाग्दा दुर्घटनामा परेका बताइएको छ ।

कर्णाली कारिडोर हुम्लाको सर्केगाड गाउँपालिका सर्केगाड बजारबाट बाजुरातर्फ जाँदै गरेको लु १ ज ३०४३ नम्बर जिप ताजाँकोट गाउँपालिका–२ पुइमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

गाडीमा खराबी आए लगत्तै यात्रुहरु ओर्लिदै गर्दा जिप एक्कासी पछिल्तिर खिस्किएर करिब तीन सय मिटर तल भीरमा खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका इञ्चार्ज डीएसपी रबिन्द्र खनालले जानकारी दिए ।

 

प्रकाशित मिति : २०८१ असोज १९ गते शनिबार