रुकुम पश्चिमः करेन्ट लागेर विद्युत्कै कर्मचारीको मृत्यू



सुर्खेत । रूकुम पश्चिममा करेन्ट लागेर एक जना विद्युत कर्मचारीको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–४ बोहरागाउँमा विद्युत मर्मतका क्रममा रूकुमपूर्वको सिस्ने गाउँपालिका–३ का २९ वर्षीय खिमबहादुर खड्काको मृत्यु भएको हो ।

मर्मतका लागि बिहिबार राति १० बजेतिर पोलमा चढेका नेपाल विद्युत प्राधिकरण रूकुमकोट वितरण केन्द्रमा कार्यरत खड्कालाई करेन्ट लागेको थियो ।

रूकुम पूर्वमा विद्युत अवरुद्ध भएपछि मर्मतका लागि पोलमा चढेका खड्काको पोलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले जनाएको छ ।

केन्द्रीय प्रशारण लाइनको तार नजिकै रहेको सोलाबाङ लघु जलविद्युत आयोजनाको तारमा छोइदा खड्कालाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए ।

खड्काको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालको पोष्टमार्टम गृहमा राखिएको उनले बताए ।

प्रकाशित मिति : २०८२ जेठ ९ गते शुक्रबार