हुम्लाको तिलगाउँः बाढी/पहिरोले ५ करोड क्षति



सुर्खेत । हिमताल भासिएर आएको हिमपहिरोका कारण नाम्खा गाउँपालिका–६ तिलगाउँमा ५ करोड क्षति भएको छ ।

५ हजार ३ सय मिटर उचाईमा रहेको हिमताल भाँसिदा तिल गाउँको ५ करोड हाराहारी क्षति भएको हो।

गाउँपालिकाले ५ वटा काठेपुल, जमिन, सिँचाई, खानेपानी र जलविद्युत् क्षतिग्रस्त भएको पुष्टि गरेको छ।
१५ घर चर्किएका र १९ घरधुरी त्रिपालमुनि रहेका छन्।

प्रकाशित मिति : २०८२ जेठ ९ गते शुक्रबार