जुम्लामा अटो दुर्घटनाःचालकको मृत्यु



सुर्खेत । जुम्लामा अटो दुर्घटना हुदा एक जना चालकको मृत्युु भएको छ । जुम्ला तिला गाउँपालिका वडा नम्बर ४ भोटचौरमा क १ ह ३१ नम्बरको अटो दुर्घटना हुदा अटो चालक ४४ वर्षका रण बहादुर कुँवरको मृत्युु भएको हो ।

हिजो ९ गते तिला ४ भोटचौर नजिक अटो सडक बाट करिव ६० मिटर तल खसेको कुडारी प्रहरी चौकीका प्रहरी हवल्दार बैजु महत्तोले जानकारी दिए ।

उनका अनुसार , अटो दुर्घटना बाट गम्भीर धाइते भएका चालक कुँवरलाई उपचारका लागि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार गर्दा गर्दै आज बिहान ५ बजेर ४० मिनेटमा मृत्युु भएको हवल्दार महत्तोले जानकारी लिए ।

उनले भने, अटो के कारणले दुर्घटना भएको हो भन्ने कुरा एकिन जानकारी भएको छैन् । के कारणले अटो दुर्घटना भएको हो भन्ने बारे अनुसन्धान भइरहेको उनको भनाइ छ । मृतकको शव कर्णाली स्वास्थ्य बिज्ञाा प्रतिष्ठानको सव गृहमा राखिएको छ ।

प्रकाशित मिति : २०८२ जेठ १० गते शनिबार