राउटे युवतीमाथि दुव्र्यवहार गरेको आरोपमा एक पक्राउ



 

राउटे समुदायका युवतीहरूलाई दुव्र्यवहार गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले दैलेखका तपेन्द्र शाहीलाई पक्राउ गरेको छ।

चार जना युवतीलाई गुडिरहेको ट्रकमा राखेर दुव्र्यवहार गरिरहेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएलगत्तै प्रहरीले उनको खोजी थालेको थियो।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेशबहादुर बरालले शाहीलाई शनिबार बिहान आठबीस नगरपालिकाको तुनीबगरबाट पक्राउ गरिएको बताए ।

घटनाबारे थप अनुसन्धान हुन बाँकी छ ।

प्रकाशित मिति : २०८२ जेठ १७ गते शनिबार