गायक तथा संगीतकार गणेश रसिकको निधन



अग्रज गायक, गीतकार तथा संगीतकार गणेश रसिकको निधन भएको छ।

केही दिनअघि ललितपुरको हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा भर्ना भएका ७७ वर्षीय उनको आइतबार बिहान ११ः३० बजे निधन भएको संगीतकार संघका अध्यक्ष बसन्त बी. थापाले जानकारी दिए।

गायक तथा संगीतकार रसिक केही वर्षदेखि प्रोस्टेट क्यान्सरबाट पीडित थिए।

गायक तथा संगीतकार रसिक केही वर्षदेखि प्रोस्टेट क्यान्सरबाट पीडित थिए।

उनको शवलाई सोमबारमात्रै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ। उनकी छोरी लण्डनमा रहेकाले उनी फर्केपछि अन्त्येष्टि गरिने भएको हो।

प्रकाशित मिति : २०८२ जेठ १८ गते आइतबार