कर्णाली खेलकुद परिषद्को सदस्य–सचिवको जिम्मेवारी महाशाखा प्रमुखलाई



प्रदेश खेलकुद विकास परिषद्को सदस्यसचिवको जिम्मेवारी सामाजिक विकास मन्त्रालयको युवा तथा खेलकुद महाशाखा प्रमुख जवाहरलाल हमाललाई दिइएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले परिषद्को सदस्यसचिवको जिम्मेवारी हमाललाई दिइएको एक मन्त्रीले बताए ।

सदस्यसचिव नियुक्त नहुने वेलासम्म आर्थिक लगायत सम्पुर्ण अधिकारसहित उनलाई जिम्मेवारी दिएकाे बताइएकाे छ।

तत्कालीन प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्याल लगायत परिषद्का पदाधिकारीको कार्यकाल गत पुष ६ गते सकिएको थियो । त्यसयता अहिलेसम्म परिषद् पदाधिकारीविहीन अवस्थामा थियाे ।

 

प्रकाशित मिति : २०८२ जेठ १९ गते सोमबार