
सुर्खेत । सोमबारदेखि कर्णालीमा पहिलो पटक नेपाल क्रिकेट संघका पूर्व वरिष्ठ उपाध्यक्ष स्व. तारिणीविक्रम (टीबी) शाहको स्मृतिमा १६ वर्षमुनीको राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
वीरेन्द्रनगरस्थित कालिन्चोक क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिता नेपाल क्रिकेट संघ (क्यान) को आयोजना तथा कर्णाली क्रिकेट संघको सहआयोजनाका सुरु भएको हाे । प्रतियोगिता जेठ ३१ गतेसम्म चल्ने छ ।
यसैबिच साेमबार भएकाे पहिलाे खेलमा कोशी प्रदेशले सुदूरपश्चिमेली टोलीलाई हराएको छ ।
खेलमा सुदूरपश्चिममाथि ७ विकेटको फराकिलो जीत निकाल्दै कोशीले पहिलो प्रतियोगिताको पहिलो खेलमै जीत नकिालेको हो ।
टस जितेर फिल्डिंग रोजेको कोशीले बलिंग र फिल्डिंग दुबैमा नियन्त्रण राख्दै सुदूरपश्चिमेली टोलीलाई जम्मा १८ ओभर ३ बलमा अलआउट गराउँदासम्म १९ रन अतिरिक्तसहित जम्मा १ सय १ रन जोड्ने मौका दियो ।
सुदूरका लागि २२ बलको सामना गरेका अविरल विकले चार चौकासहित २८ रनको योगदान दिँदा विक्रम बोहोराले ३० बलमा उत्तिकै बाउण्ड्रीसहित २० रन जोडे । अन्य कुनै ब्याटरले दोहोरो अंकको आँकडा छुन नसक्दा कोशीले सजिलो लक्ष्य पायो ।
कोशीका लागि निकै किफायति र प्रभावकारी सावित भएका राजीव महतोले ५ ओभर ३ बलमा ३ दशमलव ८२ को औषतमा २१ रन खर्चिएर ५ विकेट लिए । निकै अनुशासित बलिंग गरेका महतोले २३ डट खेल्दा २ ओभरको मेडन मेन्टेन गरे ।
बलिंग र फिल्डिंगलाई जीतको बलियो आधार बनाएको कोशीका लागि हरेराम सिंहले ३ र सुयोग भट्टाराईले १ विकेट लिँदै सुदूरलाई पहिलो जीतबाट विमुख गराए ।
१ सइ २ रन्क्ँे सहज लक्ष्यसहित जवाफी ब्याटिंगमा उत्रिएको कोशीको पहिलो जीतमा शिवांश बजगाईँको ३४ रनको पारी महत्वपूर्ण बन्यो ।
२६ बल खेलेका शिवांशले ६ चौका ठोक्दा उनलाई पछ्याएका प्लेयर अफ दि म्याच राजिव महतोले नटआउट ३० रन बटुलेर टिमको जीत सहज बनाए ।
५९ रन खेलेका महतोले ५० को औसतमा ४ चौकासहितको व्यक्तिगत स्कोर खडा गरे ।
अहिले घरेलु टोली कर्णाली र पाहुना टोली मधेश प्रदेशबीचको खेल कालु∙चोक मैदानमा जारी रहेको छ ।
टस जितेर पहिला ब्याटिंग रोजेको मधेशले निर्धारित ५० ओभरको खेलमा ४७ ओभरसम्ममा सबै विकेट गुमाएर २१४ रन बनाएका हो। मधेसका लागि सलमान अलि मनसुरीले सर्वाधिक ४२ रन बनाए भने त्यस्तै सन्तु मण्डलले २८ रनको योगदान दिए।
अहिले कर्णाली जवाफी ब्याटिंग गरिरहेको छ ।









प्रतिक्रिया दिनुहोस्