
सुर्खेतको वीरेन्द्रनगरमा जारी टी.बी स्मृति प्रथम १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोश्रो दिन नेपाली क्रिकेटको ईतिहासमा गर्विलो कीर्तिमान बनेको छ ।
लुम्विनी प्रदेशका रौनक श्रीवास्तवले गण्डकी प्रदेशविरुद्धको खेलमा १ सय १७ बलको सामना गर्दै १६ चौका र १६ छक्काका साथ घरेलु क्रिकेट ईतिहासकै सर्वाधिक २ सय १७ बनाउँदै कीर्तिमान कायम गरेका हुन् ।
वीरेन्द्रनगर मैदानमा भएको खेलमा गण्डकी प्रदेशमाथि ३ सय ३२ रनको फराकिलो जीत दर्ता गराउने क्रममा रौनकले लक्ष्मण कुमालसंग मिलेर २ सय ४४ रनको बलियो साझेदारी पूरा गरे ।
गण्डकीले श्रीवास्तवको दोहोरो शतकको मद्दतमा लुम्विनीको पारी ४५ ओभर ४ बलमा अलआउट हुनुअघि ४ सय ४ रनको कठिन लक्ष्य खडा गर्न सफल भयो ।
शैलेश काफलेको बलमा समिर न्यौपानेबाट क्याच आउट हुनुअघिसम्म रौनकले १ सय ८५ को स्ट्राईक रेटमा आक्रामक ब्याटिंग गर्दै प्रतियोगिताकै रौनक बढाए ।
लुम्विनीको विशाल योगफलमा लक्ष्मण कुमालले ६०, आरिफ खानले २५ तथा शुभम् खनाल र समिल अली मुसलमानले समान १७÷१७ रनको थप्दा ४७ रन बोनस स्वरुप प्राप्त भयो ।
गण्डकीका करण गैरेले तीन, राज परियारले दुई तथा सुप्रिम सुनार, सुजन अर्याल, रिदम पाण्डे, शैलेश काफ्ले र अनिष राउतले एक–एक विकेट लिए ।
४ सय ४ रनको विशाल लक्ष्य पछ्याएको गण्डकी भने २८ दशमलव २ ओभरमा जम्मा ७१ रन जोड्दै अलआउट हुनपुग्यो ।
गण्डकीका अनिष राउतले नटआउट २२, प्रतिक रावलले १४ रन बटुले भने ५ ब्याटर बिना स्कोर पवेलियन फर्किदा अरुले कसैलेपनि दोहोरो अंक कटाउन सकेनन् ।
लुम्विनीका शुभम् खनलले सर्वाधिक ५ तथा प्लेयर अफ दि म्याच बनेका रौनकले २ विकेट लिए ।









प्रतिक्रिया दिनुहोस्