
वीरेन्द्रनगरमा लागुऔषध (अफिम) सहित एकजना महिला पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा जाजरकोटको जुनिचाँदे गाउँपालिका–१, घर भई अहिले वीरेन्द्रनगर नगरपालिका–१२ नारायण टोल बस्दै आएकी २८ वर्षीया शर्मिला कुमारी बस्नेत रहेकी छन् ।
सोमबार राति विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले बताए ।
प्रहरीले उनी बसेको कोठा र शौचालय खानतलासी गर्दा चरेसजस्तो देखिने कालो डल्लो पदार्थ १७ ग्राम ३६० मिलिग्राम, अफिमजस्तो देखिने भिजेको कालो गिलो पदार्थ ५ ग्राम ७२० मिलिग्राम र अफिमको बीउजस्तो देखिने सेतो दाना ५ किलोग्राम ३७० ग्राम बरामद गरेको उनले बताए ।
ती महिलालाई लागुऔषध सम्बन्धी कसुरमा अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति : २०८२ जेठ २० गते मंगलबार









प्रतिक्रिया दिनुहोस्