कालिकोटमा टाउको दुखेका बिरामीलाई आइरन चक्की दिइयो, स्थानीयले लगाए स्वास्थ्य संस्थामा ताला



सुर्खेत । कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका–३ को आधारभुत स्वास्थ्य केन्द्रमा स्थानीयले ताला लगाएका छन् ।

सोमबार खोकी लागेको र टाउको दुखेको भन्दै स्वास्थ्य संस्थामा गएक एक बिरामीलाई कार्यालय सहयोगीद्वारा आइरन चक्की दिईएको भन्दै ताला लगाईएको हो ।

आधारभुत स्वास्थ्य केन्द्रका कर्मचारी करिब दुई हप्तादेखि कार्यालय बिहिन भएका छन् । पावर र पहुँच देखाउदै वडाका बिरामी नागरीलाई पटक पटक थर्काउने धम्काउने जस्ता क्रियाकलाप कर्मचारीबाट भएको स्थानीयको भनाइ छ ।

कार्यालयमा समयमा नआउने, सरकारले निःशुल्क उपलब्ध गराएका औषधि पनि सेवाग्राहिलाई उपलब्ध नगराएको उनीहरुको आरोप छ ।

विरामि नागरिकलाई अनाबश्यक दुःख दिएको र नागरिकको जीवनमा खेलवाड भएको भन्दै स्वास्थ्य केन्द्रमा स्थानीयले ताला लगाएका छन्।

प्रकाशित मिति : २०८२ जेठ २० गते मंगलबार