
भेरी नदी । फाइल तस्वीर
जाजरकोट अन्तर्गत भेरी नदीमा पौडी खेल्ने क्रममा दुई बालबालिका बेपत्ता भएका छन् भने एक जनाको मृत्यू भएको छ ।
मृत्यू हुनेमा नलगाड नगरपालिका—८ मन्मैका अन्दाजी १२ वर्षका भगवती नेपाली रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका सुचना अधिकारी हरीराम डाँगीका अनुसार सोही ठाउँका अन्दाजी १२ वर्षीय आशा कुसारी र १० वर्षीय महेश कुसारी अझै बेपत्ता छन् । उनीहरु दिदिभाइ हुन् ।
उनीहरु शुक्रबार दिउँसो भगवती, आशा र महेश तीनै जना विद्यालयबाट फर्कँदै गर्दा नदीमा पौडी खेल्न गएका थिए ।
घटनास्थलमा बालबालिकाहरूको लुगा, चप्पल र साइकलसमेत फेला परेको प्रहरीले जनाएको छ ।
बेपत्ताहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८२ जेठ २३ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्