
काठमाडौं । सांगीतिक प्रस्तुतिका लागि रुकुम पश्चिम पुगेकी गायिका रचना रिमाललाई स्वास्थ्यमा समस्या भएको छ ।
सुर्खेतबाट सेनाको हेलिकप्टर मगाएर उनलाई उद्धार गरेरनेपालगञ्ज लगिएको थियो । त्यहाँबाट पनि उनलाई मंगलबार बिहान काठमाडौं ल्याएर धुम्बाराहीस्थित हेम्स अस्पताल भर्ना गरिएको स्रोतले जानकारी दियो ।
रिमालले रूकुम पश्चिमस्थित सानिभेरीको बेलटापुमा सञ्चालन भइरहेको महोत्सवमा प्रस्तुति दिने तयारी थियो । अचानक पेट दुखेपछि उनलाई काठमाडौं ल्याइएको स्रोतले बताएको छ ।
प्रकाशित मिति : २०८२ जेठ २७ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्