
प्रदेश राजधानी वीरेन्द्रनगरको दृश्य
सुर्खेत १३ चैत ।
पछिल्लो समय तिव्र रुपमा बस्ती विस्तार भइरहेको कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित एरिचौकबाट पूर्वतर्फ देखिएको बजार क्षेत्रको घना बस्ती र रत्नराजमार्ग आसपासको क्षेत्रलाई ड्रोन क्यामराले कैद गरिएको दृश्य। तस्बिरः सुरेश आचार्य÷रासस
सुर्खेत । सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका भित्रका नीजि तथा आवासीय विद्यालयले तीन दिन गर्मी बिदा दिएका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल(प्वाव्सन)ले तीन दिन गर्मी बिदा निर्णय गरेको हो । अत्याधिक गर्मी बढेको कारणले बालबालिकामा देखिएका स्वास्थ्य समस्या, टाउको दुख्ने बेहोस हुने, डी हाइड्रेसन हुने पसिना बग्ने जस्ता समस्या भएकोले जेठ २८ गतेदेखि ३० गतेसम्म बिदा दिने निर्णय भएको प्वाव्सन अध्यक्ष पुर्णबहादुर भण्डारी भण्डारी बताएका छन् ।
विभिन्न विद्यालयबाट आएको फोनको सुझावलाई संकलन गरी आज जुम बैठकको निर्णय अनुसार ३ दिन गर्मी बिदा गर्ने निर्णय भएको छ, उनले भने, आज÷बुधवारदेखि शुक्रबारसम्म विद्यालय बिदा लागु हुनेछ ।

प्रकाशित मिति : २०८२ जेठ २८ गते बुधबार









प्रतिक्रिया दिनुहोस्