भारतको अहमदावादमा विमान दुर्घटनाः २ सय ४२ यात्रु रहेको दाबी



भारतको गुजरात  राज्य अन्तर्गत अहमदावादमा दुर्घटनामा विमान दुर्घटना भएकाे छ । अहमदावादबाट उडान भरेको विमान टेक अफलगत्तै दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

समाचारमा जनाइएअनुसार विमानले अहमदावादबाट लण्डनका लागि उडान भरेको थियो ।

विमानमा २ सय ४२ जना यात्रु सवार रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतीय समाचार संस्था एएनआईका अनुसार बिहीबार दिउँसो दुर्घटनामा परेको एअर इण्डियाको विमानमा २ सय ४२ जना यात्रु सवार थिए ।

लण्डनका लागि उडान भरेको बोइङ ७८७ ड्रिमलाइन विमान अहमदावादस्थित सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलमा टेकअफ लगत्तै दुर्घटनामा परेको हो ।

अहिले उद्धारका लागि घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

घटनास्थलबाट सार्वजनिक तस्बिरमा धुवाँको कालो मुस्लो उडिरहेको देखिन्छ । भारतीय टेलिभिजन एबीपीले उल्लेख गरेअनुसार विमानस्थलको बाउण्ड्रीमा कुनै भवन वा पर्खालमा ठोक्किएर विमान दुर्घटना भएको हुनसक्ने प्रारम्भीक आशंका गरिएको छ ।

प्रकाशित मिति : २०८२ जेठ २९ गते बिहीबार