
सुर्खेत । भीरबाट लडेर गम्भीर घाइते भएका कालीकोट नरहरीनाथ गाउँपालिका–५ का राजेन्द्र सहकारीको उपचारका क्रममा मृत्यु भएको छ । घरका लागि काठ लिन जाँदै गर्दा भीरबाट लडेर सहकरी गम्भीर घाइते भएका थिए ।
गाउँपालिकाको सहयोगमा २५ वर्षीय घाइते सहकारीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो । तर उनको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो ।
उहाँका आफन्त बिरेन्द्रवहादुर बुढाले सहकारी घर निर्माणका लागि दार बोकेर ल्याउँदै गर्दा भीरबाट लडेर घाइते भएका थिए । गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर बिष्टको पहलमा जिल्ला प्रशासन कार्यालयले हेलिकोप्टरको व्यवस्था गरेर तत्काल उद्धार गरिएको थियो । तर बचाउन नसकिएको बुढाको भनाइ छ ।
गाउँपालिका अध्यक्ष बिष्टले सहकारीको निधनप्रति दुःख व्यक्त गरेका छन ।
प्रकाशित मिति : २०८२ असार ५ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्