पत्रकार पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी



काठमाण्डौ । उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

यसअघि अल्पकालीन अन्तरिम आदेश जारी गरेको उच्च अदालतले दुवै पक्षको सुनुवाइपछि आदेशलाई निरन्तरता दिएको हो । न्यायाधीश टङ्कप्रसाद गुरुङ र टीकाराम आचार्यको संयुक्त इजलासले आदेशलाई निरन्तरता दिएको हो ।

अब पाठकले दायर गरेको मुद्दा नटुङ्गिदासम्म प्रहरीले उहाँलाई पक्राउ गर्न पाउने छैन ।

प्रकाशित मिति : २०८२ असार ५ गते बिहीबार