फोर्स गाडी कर्णाली राजमार्गमा दुर्घटना, १३ जना घाइते



सुर्खेत। २६ जना यात्रु सवार रहेको एउटा फोर्स गाडी कर्णाली राजमार्गमा दुर्घटनामा परेको छ ।

कैलालीबाट अछामतर्फ जाँदै गरेको सु.प्र ०१००१ख३०४६ नम्बरको फोर्स गाडी मंगलबार बेलुका दैलेखको गुराँस गाउँपालिका–२, तल्लो डुङ्गेश्वरमा दुर्घटना भएको हो ।

दैलेख प्रहरीका अनुसार गाडी अचानक भित्तामा ठोकिएको र गाडीमा सवार १३ जना घाइते भएका छन्। घाइते सबैलाई उपचारमा लागि सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले जानकारी दिए ।

घाइतेमध्ये दैलेख आठबिस नगरपालिका–४, का २५ वर्षीय रिदम शाही, अछामको ढकारी गाउँपालिका–१२, बस्ने ५० वर्षीया पार्वती शाही र सोही नगरपालिका–८, की ४ वर्षीया नेहा खड्काको अवस्था गम्भीर रहेको उनले बताए।

प्रकाशित मिति : २०८१ असोज २३ गते बुधबार