
कर्णालीमा प्रतिपक्षी दलहरूले बजेट निर्माणको क्रममा सरकारमा रहेकाहरु आफैले बिचौलियाको काम गरिरहेको भन्दै प्रदेश सभा बैठक अवरुद्ध गरेका छन् ।
आइतबार बसेको कर्णाली प्रदेश सभाको बैठक अवरुद्ध गरेका हुन् ।
नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र राप्रपाले संयुक्त रूपमा संसदमा अवरोध सिर्जना गरे ।
बैठकमा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक कृष्णबहादुर जिसीले बजेट निर्माणको प्रक्रिया नै अवैध रहेको र प्रदेश आर्थिक ऐनविपरीत बजेट प्रस्तुत गरिएको आरोप लगाए ।
उनले मन्त्रीहरू नै बिचौलियाको भूमिकामा रहेको र निर्णय गर्ने व्यक्ति नै निवेदनक, प्रस्तावक भएर योजना हाल्ने काममा अग्रसर भएको उनको भनाइ छ ।
विपक्षी दलहरूले सभा अवरुद्ध गरेपछि सभामुख नन्दा गुरुङले बैठक आधा घण्टाका लागि स्थगित गरेकी छन् ।
प्रकाशित मिति : २०८२ असार ८ गते आइतबार









प्रतिक्रिया दिनुहोस्