प्रचण्डसँग भेडाको भेटः के भयो कुराकानी ?



सुर्खेत । । सुर्खेतदेखि हिँड्दै एक महिना लगाएर काठमाडौं आइपुगेका नवराज भेँडा (बोहोरा)ले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गरेका छन् ।

केही दिनको प्रतीक्षापछि आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका बोहोराले आज पूर्वप्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।बोहोरा वातावरण संरक्षण, कर्णालीको समग्र विकास, अनियमितता तथा भ्रष्टाचारविरुद्ध खबरदारी गर्दै सुशासन कायम गर्ने एजेन्डा लिएर काठमाडौं पुगेका हुन् ।

भेटका क्रममा अध्यक्ष प्रचण्डले बोहोराको अभियान माओवादी केन्द्रको अभियानसँग मेल खाने उल्लेख गर्दै आफू सरकारमा रहँदा कर्णालीको समृद्धिका लागि गरेका पहलहरू त्यसको प्रमाण भएको बताए ।
उनले बोहोराको अभियानलाई साथ दिने प्रतिबद्धता व्यक्त गर्नुका साथै अभियान निरन्तर जारी राख्न शुभकामना दिए ।

प्रकाशित मिति : २०८२ असार ९ गते सोमबार