कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन असोजमा सकिने: प्रबन्ध निर्देशक शाक्य



नेपाल विद्युत प्राधिकरणले कोहलपुर-सुर्खेत १३२ केभी  प्रसारण लाइन निर्माणको काम आगामी असोज महिनाभित्रै सम्पन्न गर्ने दाबी गरेकाे छ ।

प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले बुधबार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलसँगकाे भेटमा यस्तो जानकारी दिए ।

कर्णाली प्रदेशमा विद्यमान विद्युत समस्या र प्रसारण लाइन निर्माणमा भएको ढिलाइबारे छलफल गर्न पुगेका सरोकारवालासँग कुरा गरेकाे बताउँदै निर्माण कार्यमा देखिएका अवरोध हटाएर कामलाई तीव्रता दिइने उनले बताए ।

“प्राधिकरणले यो आयोजनालाई उच्च प्राथमिकतामा राखेको छ र असोजसम्म काम सम्पन्न गर्न हामी प्रतिबद्ध छौँ,” शाक्यले भने ।

यो प्रसारण लाइनको निर्माणपछि कर्णालीमा देखिँदै आएको विद्युत आपूर्तिको समस्या समाधान हुने अपेक्षा गरिएको छ।

प्रसारण लाइन अन्तर्गत बांकेकाे बानियाभारमा तीन वटा टावरमा विवाद छ ।

प्रकाशित मिति : २०८२ असार ११ गते बुधबार