माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा सार्वजनिक



काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा(एसइई) को नतिजा सार्वजनिक भएको छ। बेलुका बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकको निर्णयअनुसार एसइई नतिजा सार्वजनिक गरेको छ। बोर्डले पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गरेको हो ।

२०८१ सालको एसइई परीक्षा गत चैत ७ गतेबाट सुरू भएर १४ गते सकिएको थियो। प्राविधिक धारतर्फको भने चैत १९ गते सकिएको थियो।

बोर्डका अनुसार परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।

प्रकाशित मिति : २०८२ असार १३ गते शुक्रबार