कालिकोटमा एक व्यक्ति मृत फेला



deth
प्रतिकात्मक तस्वीर

कालिकोटको  मान्ममा एक व्यक्ति मृत फेला परेका छन । मृत भेटिनेमा दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–१ का ३७ वर्षीय राजेन्द्र सिजाली मगर रहेका छन ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी पोषण थापाका अनुसार उनी खाँडाचक्र नगरपालिका–१, को नाव गैरास्थित एक घर अगाडिको आँगनमा मृत भेटिएका हुन ।

मगर ज्याला मजदुरी गर्नका लागि मान्मका बस्दै आएको उनले बताए ।

‘मृतक कोठामा पनि एक्लै बस्नुहुने रहेछ, उहाँसँग अरू कोही पनि रहेनछ,’ उनले भने, ‘प्रारम्भिक अनुसन्धानबाट अत्यधिक मदिराको प्रयोग गर्ने हुँदा त्यसैको असरका कारण मृत्यु भएको हो कि भन्ने अनुमान छ ।’

उनी मृत अवस्थामा भेटिएको नजिकै पनि मदिराको बोतल भेटिएको छ । यद्यपि घटनाबारे थप अनुसन्धान भने भइरहेको थापाले बताए ।

शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल कालिकोटमा लगिएको छ भने दैलेखबाट मृतकका आफन्तलाई बोलाइएको छ ।

प्रकाशित मिति : २०८१ कात्तिक १ गते बिहीबार