
सुर्खेत । कर्णाली राजमार्गअन्तर्गत कालीकोट तिलागुफा नगरपालिका–६ गोठिभीरमा सडक भत्किएपछि ठुला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
शुक्रबार बिहान उक्त ठाउँमा सडक भत्किएकाले ठुला सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय, कालीकोटले जनाएको छ ।
अविरल वर्षाका कारण राजमार्गमा यात्रा गर्दा अत्यन्त जोखिम हुने भएकाले आवश्यक सजगता अपनाउन प्रहरी नायब उपरीक्षक टेकबहादुर रावलले आग्रह गरेका छन ।
प्रकाशित मिति : २०८२ असार २० गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्