
रुकुम पश्चिमको चौरजहारीबाट एक गर्भवती महिलाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ ।
चौरजहारी नगरपालिका १४ की धर्मिला बिकको उद्धार गरिएको हो । गर्भवती अवस्थाकी धर्मिलालाई पटक पटक बेहोस हुने समस्याको कारण आज बिहान चौरजहारी अस्पतालमा ल्याईएको थियो ।
अस्पतालले तत्काल सुविधा सम्पन्न अस्पतालमा थप उपचारका लागि लैजान रिफर गरेको र आवश्यक समन्वय गरेर हेलिकोप्टरको व्यवस्था गरिएको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेर प्रसाद ढकालले जानकारी दिए ।
उनका अनुसार अस्पतालले गर्भावस्थाको गम्भिर अवस्था भएकोले तत्काल सुविधा सम्पन्न अस्पताल लैजान सुझाएको थियो ।
त्यसपछि नगरपालिकाले जिल्ला प्रशासन कार्यालय हुँदै निशुल्क हवाई उद्धारको लागि पहल गरेको थियो । धर्मिलालाई नेपाली सेनाको हेलिकोप्टर मार्फत प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो ।
गम्भिर अवस्थाकी धर्मिलाको उपचार, हेलिकोप्टर व्यवस्थापनको कार्यमा चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादी आफै सक्रिय भएर लाग्नु भएको थियो ।









प्रतिक्रिया दिनुहोस्