कसले कुट्यो डिभिजन वन कार्यालय जाजरकोटका प्रमुखलाई कार्यकक्षमै ?



डिभिजन वन कार्यालय, जाजरकोटका प्रमुख अमर प्रसाद साहमाथि उनकै कार्यकक्षमा कुटपिट भएको छ ।

आइतबार दिउँसो करिब ४ बजेतिर कार्यालयमा प्रवेश गरेको अज्ञात समूहले डिएफओ शाहमाथि हातपात गरी फरार भएको हो ।
तीन–चार जनाको संख्यामा आएको समूहले साहमाथि हातपात गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी हरिराम डाँगीले बताए ।

आक्रमणकारीहरूले मुखमा कालो मास्क लगाएका थिए र घटनालगत्तै फरार भएका थिए ।
घटनाको खबर पाउनासाथ प्रहरीले आक्रमणकारीहरूको खोजी कार्य तीव्र पारेको छ । सम्भावित स्थानहरूमा प्रहरी परिचालन गरी गस्ती बढाइएको छ ।
कुटपिटको कारण भने हालसम्म खुलेको छैन ।

प्रकाशित मिति : २०८२ असार २२ गते आइतबार