
सुर्खेत । कालीकोट र बाजुरा जिल्लाको सिमानामा रहेको बडिमालिका मन्दिरको नेपाली सेनाले पुर्ननिर्माण गरेको छ । गत चैत २८ गतेदेखि सुरू भएको मन्दिरको पुनर्निर्माण असार २३ गते सम्पन्न भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त मन्दिर समुद्री सतहबाट करिब ४ हजार २२० मिटर उचाइमा छ । पुर्ननिर्माण भइरहँदा पनि भक्तजनहरूका लागि मन्दिर खुला गरिएको थियो । पुरातत्व विभागको स्वीकृत ड्रइङ डिजाइन तथा प्राविधिक सहयोग र बाजुराको त्रिणेणी नगरपालिकाको समन्वयमा परम्परागत रूपमा मन्दिरको पुनर्निर्माण गरिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
मन्दिर निर्माणका लागि भक्तपुर तथा ललितपुरका कालिगडहरू समेत लगिएको थियो । नेपालका ४ धार्मीक धाममध्ये बडिमालिका एक धामका रूपमा परिचित छ । त्रिवेणी पाटनमा कालीकोट र बाजुराले धर्मशाला निर्माण गरेपनि त्यसले दर्शनार्थीलाई धान्न सकेको छैन् । दर्शनार्थीको आवास र बसोबासका लागि कुनै व्यवस्था गरिएको छैन् ।









प्रतिक्रिया दिनुहोस्