दैलेखमा जङ्गली बँदेलको आक्रमणबाट ६ जना घाइते, १ को अवस्था गम्भीर



‎दैलेखको आठबीस नगरपालिकामा जङ्गली बँदेलको आक्रमणबाट ६ जना घाइते भएका छन् ।

घाइते हुनेमा आठबीस नगरपालिकाको—७ जाक्सीका ४५ वर्षीय मनबहादुर बुढुवाल, २१ वर्षीय नीरज कार्की, ५८ वर्षीय कमल कार्की, २३ वर्षीय डबल बुढुवाल, टेकबहादुर शाही र विकास कार्की रहेका छन् ।

‎‎घाइतेमध्ये टेकबहादुर शाहीको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका सुचना अधिकारी लालबहादुर सुनारका अनुसार बुधबार दिउँसो करिब साढे १ बजेतिर मकैबारीमा लुकेर बसेको बँदेलले स्थानीयमाथि आक्रमण गरेको थियो ।‎
‎‎

प्रकाशित मिति : २०८२ असार ३२ गते बुधबार