
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को रुकुम पश्चिम जिल्लाको सभापतिमा ईञ्जिनियर मानबहादुर शाही चयन भएका छन् ।
सनिबार बसेको प्रथम भेलाले उनको नेतृत्वमा १३ सदस्यीय समिति चयन गरेको हो ।
सभापति बनेका शाही यसअघि लामो समय माओवादी केन्द्रमा आबद्ध थिए । उनी माओवादीमा असन्तुष्ट बनेपछि रास्वपातिर लागेका हुन् ।
यस्तै उपसभापतिमा रिम प्रसाद शर्मा, सचिवमा शेखर चन्द, सह–सचिव मना खडका गिरी र कोषाध्यक्षमा रमिता खड्का चयन भएका छन् ।
प्रकाशित मिति : २०८१ कात्तिक ३ गते शनिबार









प्रतिक्रिया दिनुहोस्