
सुर्खेत । कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक खण्डमा पर्ने तिलागुफा नगरपालिका–५ खल्लागाडमा मालवाहक ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
मृत्यू हुनेमा रुपन्देहीको बुटवल–१३, का हुमबहादुर खड्का रहेका छन् । जुम्लाबाट सुर्खेत जाँदै गरेको लु १ क ३९३० नम्बरको उक्त मिनी ट्रक खल्लागाड पुल नजिकैको मोडमा अनियन्त्रित भएर सनिबार अपरान्ह दुर्घटना भएको कालिकोट प्रहरीले जनाएको छ ।
यस्तै ट्रकमा सवार अन्य तीन जना घाइते भएको र उनीहरुलाई उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले बताए ।
घटनाबारे थप विवरण भने आउन बाँकी नै छ ।
प्रकाशित मिति : २०८१ कात्तिक ३ गते शनिबार









प्रतिक्रिया दिनुहोस्