राप्रपाको कर्णाली यात्रा



सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ‘कर्णालीका कुरा सुन्न र आफ्ना कुरा भन्न’ कर्णाली यात्रा तय गरेको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री कुन्ती कुमारी शाही र प्रमुख सचेतक ज्ञानेन्द्र शाही कर्णाली यात्रामा निस्किएका हुन् ।

नेताहरू मंगलबार सल्यानको सल्लीबजार पुगेका छन् । टोली सल्लीबजाबाट यात्रा सुरु गरेर सुर्खेत, दैलेख हुँदै मुगु पुग्ने कार्यतालिका छ ।

कार्यतालिका अनुसार बुधबार पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा कार्यक्रम राखिएको छ ।

यस्तै बिहीबार दैलेखको दुल्लु, शुक्रबार कालिकोट सदरमुकाम मान्मा, शनिबार जुम्लाको गोठिजिउला र आइतबार मुगुको सदरमुकाम गमगढीमा आमसभा कार्यक्रम छ ।

ती कार्यक्रमहरूमा स्थानीयका कुराहरू सुनिने र नेताहरूले पनि आफ्ना कुराहरू भन्नेछन् ।

प्रकाशित मिति : २०८१ कात्तिक ६ गते मंगलबार